सूर्य थापाले बाबुराममाथि लगाए मनाङेलाई लुकाएको आरोप

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईमाथि गम्भीर आरोप लगाएका छन्।

बिहिबार गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बाङले विश्वासको मत लिँदा एक भोटको फरकमा मात्रै पदमुक्त भए।

स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे मतदान प्रक्रियामा अनुपस्थित भएपछि गण्डकीमा एमाले सरकार ढलेको हो।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रधानमन्त्रीका सल्लाहकर थापाले डा भट्टराईले मनाङेलाई लुकाएको बताएका हुन।

मनाङेले आज पूर्वप्रधानमन्त्री भट्टराईसँगै रहेको तस्बिर फेसबुकमा सार्वजनिक गरे।

त्यसपछि थापाले स्क्रिनसट गर्दै क्याम्पसनमा लेखेका छन्, ‘गण्डकी प्रदेशमा मतदान नै नगरी हराएका दीपक मनाङेलाई आखिर कसले लुकाएको रहेछ? तस्बिर स्वयं यस्तो बोल्छ।’

तर थापाले उक्त पोष्ट भने पछि हटाएका छन्।

 


प्रतिक्रिया दिनुहोस्