३७५० संक्रमित थपिँदा ५,२२५ निको भए, ६७ जनाको मृत्यु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,७५० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६७ जनाको मृत्यु भएको छ।

कुल १५,१८२नमुना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।

तीमध्ये ५,५८४एन्टिजन परीक्षण हो जसबाट १,०४१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

यस्तै आज थप ५,२२५ जनाले कोरोनालाई जितेको मन्त्रालयले जनाएको छ।

नेपालमा कुल सङ्क्रमित सङ्ख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ जसमध्ये अहिले ७५ हजार २ सय ७५ जना सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म कुल ८,३०५ जनाको मृत्यु भइसकेको छ। सक्रिय सङ्क्रमितमध्ये ५,५८९ जना संस्थागत आइसोलेशनमा छन्।

त्यसैगरी १,१८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन्।

 

 


प्रतिक्रिया दिनुहोस्