महेश बस्नेतलाई मन्त्री नबनाएकोमा एमालेको युवा संगठनका अध्यक्षको आक्रोश

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ५ : १४


काठमाडौं । एमाले नेता महेश बस्नेत प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री वा सञ्चारमन्त्री बन्ने चर्चा थियो।

आफूलाई पार्टी अध्यक्षका लागि निकै समर्पित गरेका महेश बस्नेतलाई मन्त्रीको सूचीबाट हटाउँदै प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सूचना तथा सञ्चारमन्त्रीमा नैनकला थापालाई नियुक्त गरे।

प्रधानमन्त्री ओलीको उक्त निर्णयबाट बस्नेत असन्तुष्ट रहेको बताइएको छ। यसैबीच, नेकपा एमालेको युवा संगठनका अध्यक्ष किरण पौडेलले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै आक्रोश व्यक्त गरेका छन।

युवासंगनका पूर्व अध्यक्ष समेत नरहेका बस्नेतलाई मन्त्री नबनाएकोमा पौडेलले प्रधानमन्त्रीको नाम नलिई आलोचना गरेका हुन।

उनले लेखेका छन्, ‘राणाकालीन तथा मध्य शाह वंशीयकालीन इतिहासका पानामा पढ्ने गरेका षड्यन्त्र, दाउपेचका कथाहरूको झझल्को दिने अनेक हत्कण्डाहरू आज हाम्रै पुस्ताका नेताका विरुद्ध, हाम्रा तमाम युवाहरूका कमान्डरविरुद्ध रहँदा युवा पुस्तामा हामी र हाम्राविरुद्ध मात्र हैन, सिंगो राजनीतिविरुद्ध वितृष्णा पैदा हुनेछ।’


प्रतिक्रिया दिनुहोस्