सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पारित

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ४ : २९


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले मिति २०७८ साल जेष्ठ २८ गते, शुक्रबार कम्पनी को १९ औं वार्षिक साधारण सभा भर्चुअल माध्यमवाट सम्पन्न गरेको छ।

उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे।

आ.व. २०७६÷७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत रु. १ अर्व ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आ.व.को साधारण सभा भएको दिन सम्म २ अर्व १ करोड भन्दा वढी बीमा शुल्क आर्जन गरि सकेको जानकारी गराईयो।

उक्त वीमा शुल्क संकलन गत आ.व.को सोहिको तुलनामा १६.०७ वढी रहेको छ।

सभाले हाल कायम रहेको चुक्ता पुँजी रु. १ अर्बको १२ प्रतिशत बोनस शेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।


प्रतिक्रिया दिनुहोस्