नागरिकता अध्यादेश विरुद्ध आदेश दिने न्यायाधिसलाई महाअभियोग लगाउनुपर्छ : प्रभु शाह

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । नेकपा (एमाले)का नेता प्रभु शाहले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश दिने न्यायाधिस विरुद्ध महाअभियोग लगाउनुपर्ने बताएका छन्।

उनले अदालतको उक्त आदेशलाई अस्वभाविकको संज्ञा पनि दिएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत साहले आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले अदालतको उक्त आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने औंल्याएका छन्।


प्रतिक्रिया दिनुहोस्