धरौटी तिरेर रिहा भए गणेश लामा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । गुण्डा नाइकेको पहिचान बनाएका नेपाली काँग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन्।

लामालाई कास्की प्रहरीले निषेधाज्ञाको उल्लंघन गरि पोखरा आएका आरोपमा बिहिबार पक्राउ गरेको थियो।

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो।

लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो।

प्रशासनले बयानपछि उनीहरुलाई जरिवाना तिराएर छोड्ने निर्णय गरेको छ।

रिहा भएपछि लामाले आफूलाई पार्टीका नेताले नै गण्डकी प्रदेशमा मुख्यमन्त्रीले लिने विश्वासको मत लिने प्रकृयामा सहयोग गर्न पठाएको बताएका छन्। तर सरकारले अलोकतान्त्रिक कदम चालेको उनको आरोप छ।


प्रतिक्रिया दिनुहोस्