सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली गएनन्

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । विघटित संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बोलाएको सर्वदलीय बैठक सुरू भएको छ।

नयाँ बानेश्वरमा सुरु भएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, नेमकिपा नेता प्रेम सुवाल र राप्रपाबाट दिपक बोहोरा सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निम्ता गरिएको भएपनि ओली पक्षका कुनै नेता सो बैठकमा सहभागी हुन गएका छैनन। बैठक अहिले जारी छ।

 


प्रतिक्रिया दिनुहोस्