सरकारले निषेधाज्ञाको फाइदा लिन खोज्छ भने जनता सडकमा आउनुपर्छ : गगन थापा

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  २ : ५३


काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले सरकारले निषेधाज्ञाको फाइदा उठाउँदै मनपरि गर्ने हो भने जनता सडकमा आउनुपर्ने बताएका छन्।

आज बालुवाटार क्षेत्रमा सरकारलाई खबरदारी गर्न गएका अभियन्ताहरु नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत १८ जनालाई प्रहरीले पक्राउ गरेपछि नेता थापाले यस्तो ट्विट गरेका हुन।

उनले कोरोनाले निम्त्याएको परिस्थितिमा सरकारले फाइदा उठाउन खोजे नागरिकले प्रतिरोध गर्ने संकेत गरेका छन्।

नेता थापाले ट्विटमा लेखेका छन्, ‘निषेधाज्ञा उलंघन गरेर सडकमा आउनु गलत हो। तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै, कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गर्छ, देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन।’


प्रतिक्रिया दिनुहोस्