निमोनिया र श्वासप्रश्वासमा समस्या भएपछि सत्यमोहन जोशी अस्पताल भर्ना

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काटमाठौं । संस्कृतिविद् सत्यमोहन जोशी बिरामी भएर अस्पताल भनाए भएका छन्।

१०२ वर्षका जोशीको छातिमा समस्या देखिएपछि अस्पताल लगिएको छ।

जोशीलाई बुधबार ललितपुरको किष्ट अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

उनलाई निमोनिया र मुटुमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो।

श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको उनकी धर्मपत्नी राधादेवी जोशीले बताइन्। जोशीको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ।

शताब्दी पुरूष जोशीको उपचार किस्टले निस्शुल्क गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्