धनुषामा एक पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडों । धनुषामा एक पोखरीमा डुबेर ५ बालबालिकाको मृत्यु भएको छ।

धनुषाको मुखियापट्टी गाउँपालिका लक्ष्मीपुरका ५ बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो।

दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्द्रकुमारी भगत, १३ वर्षीया मञ्जु पुर्वे, १२ वर्षीया चान्दनी ठाकुर र १२ वर्षीया ललिता साह रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


फाइल फोटो


प्रतिक्रिया दिनुहोस्