लहलहाउँदो ओलमा मुख मिठ्याउँदै किसान , मधेशको कहावत ‘भादोके ओल, की खाए राजा की खाए चोर’ !

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १ : २८


तराई—मधेशमा एउटा कहावत (उखान)  छ, ‘भादोके ओल, की खाए राजा की खाए चोर’ अर्थात् भदौको ओल की राजा की चोरले नै खान सक्छन् । यो कहावतले नै ओलको महत्व दर्शाउँछ । भदौ निगल्दो र असोजमा उत्पादन लिइने ओल अन्य तरकारीभन्दा निकै महगो हुनेहुँदा यो हुनेखाने र चोरेर खानेले मात्र भेट्टाउँछन् भन्ने कहावत स्थापित भएको हो ।

दुई दशक अघिसम्म स्थानीय जातको ओलमात्र प्रचलनमा थियो । घरबारी वरिपरि घु¥यानमा केही बोट लगाइने ओल निकै सप्रदा एक किलोसम्मको फल लाग्थ्यो । माटोमुनी फल्ने यसले तरकारी र चटनी अचार परिकारका लागि परापूर्व कालदेखि नै प्रसिद्धि पाउँदै आएको हो ।

विशिष्ट अतिथिका लागि ओलको तरकारी र चटनी खान दिने र खाने दुबैका लागि विशेष मानिने गरेको भेटिन्छ । ओलको तरकारी वा चटनीसहितको आतिथ्यता ग्रहण गरेका पाहुनाले “आज त ओलको परिकार खाइयो” भनेर दुईचार ठाउँ बखान गर्नु महोत्तरीसहित प्रदेश नं २ का सबैजसो जिल्लामा केही वर्ष पहिलेसम्म शानकै कुरा मानिने गरेको महोत्तरी भङ्गाहा नगरपालिका–४ का ८५ वर्षीय श्रीनारायण साह बताउनुहुन्छ । खान दिनेलाई पनि आज पाहुनालाई ओलको तरकारी÷चटनी खुवाइयो भनेर गर्व नै लाग्ने गरेको साहसहितका पाका व्यक्ति बताउँछन् ।

“करिब तीन दशक अघिसम्म ओलको परिकार आम सर्वसाधारणको पहुँचमा थिएन, हुनेखानेले मात्र खान्थे”, साह भन्नुहुन्छ, “घु¥यानमा केही बोट लगाएका गरीबगुरुवालाई त्यो बेचेर कैयौं सामान जोड्ने सपना हुन्थ्यो, आपूm नखाइ नखाइ बेच्थे ।” तर पछिल्ला वर्षहरुमा ओलको विकसित जातको खेती प्रचलनमा आएपछि यसले सबै वर्गका भान्सामा प्रवेश पाएको साह बताउनुहुन्छ । विकसित जातको खेती प्रचलनमा आएपछि अब महोत्तरीसहित आसपासका जिल्लामा यसले व्यवसायकै आकार लिइसकेको छ । महोत्तरीको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा, औरही र गौशाला तथा सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिका यो खेतीका लागि उर्वर क्षेत्र मानिन्छन् । यी नगरक्षेत्रलाई कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले ओलको ‘पकेटक्षेत्र’ नै मान्दै आएको छ । यस क्षेत्रका किसान ओल खेतीलाई महत्वका साथ नगद आर्जनको मुख्य स्रोत बनाएर तल्लिन भएका भेटिन्छन् ।

अहिले बारीमा हलक्क बढेर लहलहाएको ओलका बोट हेरेर किसानले कैयौं सपना साँचेका छन् । चाडपर्वमा जहान परिवारको मुख मिठ्याउने र नानीहरुका कैयौं रहर पुरा गर्ने आश र विश्वास यही लहलहाउँदो ओलको बोटमा रहेको बर्दिबास–१३ बिजलपुराका किसान रामप्रगाश महतो बताउनुहुन्छ । “हामी यही ओलको बोट हेरेर मुख मिठ्याउँछौ”, उहाँ भन्नुहुन्छ, “जहान परिवारको गुजरा र विशेष अवसरमा मिठो मसिनो खाने, राम्रो लाउने रहर यही बेचेर पुरा गर्नुपर्छ ।”

अन्य अन्नबालीभन्दा बढी उत्पादन दिने, खनेर बाली निकालेपछि लामो समयसम्म नबिग्रने, खनेर खेतबारीमै तल सेउला ओछ्याएर थुपारेर राख्न मिल्ने र बजार भाउ राम्रो चलेको मौका पारेर बेच्न पाइने भएपछि धेरै किसानको रोजाइमा यो खेती परेको हो । “खनेर निकालेपछि तत्कालै बजार लगी हालौं नत्र बिग्रन्छ भन्ने चिन्ता हुँदैन”, विगत एक दशकदेखि ओलखेती गर्दै आएका भङ्गाहा–४ का ६० वर्षीय किसान सत्यनारायण यादव भन्नुहुन्छ, “ताक हेरेर बजारमा निकै माग बढेपछि बेचिन्छ ।” दशैं, तिहार, छठ र यस्तै महत्वका साँस्कृतिक पर्वविशेषका अवसरमा ओलले राम्रो भाउ पाउने गरको उहाँ बताउनुहुन्छ ।

पहिले स्थानीय जातको ओल बढीमा एक किलोसम्मको हुन्थ्यो । तर अब विकसित जातको ओल मल र सम्भारको समन्वय हुनसके एउटै १० किलोसम्मको फल्ने गरेको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो बताउनुहुन्छ । समयले साथ दिए प्रतिकठ्ठा २० मन ९आठ क्वीण्टल० सम्म उत्पादन लिएको किसान बताउँछन् । खनेको केही महिना खुलै राखेपनि नबिग्रने ओलकै लागि शीतभण्डारको व्यवस्था हुनसके वर्षभरी नै ओलको बजार जमाई राख्न सकिने उहाँको भनाइ छ । प्रतिकट्ठा रु।१० हजारको लागतमा खेती गर्न सकिने ओलबाट रु ५० हजारभन्दा बढी आम्दानी गर्न सकिने यस भेगका किसान बताउँछन् ।

महोत्तरीको ओल पूर्व मेचीदेखि पश्चिम माहाकालीका बजारसम्म पुग्ने गरेको छ । पछिल्ला पाँच वर्षयता ओरपरका किसानको उत्पादन किनेर पूर्वको काँकरभिठा, बिराटनगर, धरान, इटहरी र धनकुट्टासम्म पु¥याइएको भङ्गाहा–४ स्थित सीतामाई कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका ओल किसान सत्यनारायण यादव बताउनुहुन्छ । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र अत्तरीया, रुपन्देहीको बुटवल र चितवनको नारायणगढ बजारमा कैयौं पटक सहकारीले ओल पठाएको यादवको भनाइ छ । खासमा महोत्तरीको माटोमा फलेको ओलको स्वाद पारखीको रोजाइमा परेको हुँदा टाढाटाढाका व्यापारीले राम्रो भाउ दिने गरेको उहाँको भनाइ छ । यहाँको उत्पादन विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्र, बीउबिजन केन्द्र र सहकारीले अग्रीम पेश्की रकम दिएर नै बीउका लागि ओल मगाउने गरेको यादव भन्नुहुन्छ ।

विषादी प्रयोग गर्न नपर्ने, आफैंले बनाएको कम्पोष्टबाहेक रासायनिक मल नचाहिने, हल्का माटो भिज्ने सिचाइँ भएपुग्ने, अन्य लहरे तरकारी झै चोटिलो पानीले बोट तत्काल नगल्ने र रोपिएको चार महिनाभित्रै उत्पादन लिन सकिने हुँदा अब यो खेती आम किसानको रोजाइमा पर्ने गरेको हो । रोपिएको ठाउँमा पानी जम्न नदिएर दुई पटकसम्म गोडमेल गरे ओलको राम्रो उत्पादन हात लाग्ने गौशाला–१२ का किसान अरुण कुशवाहा बताउनुहुन्छ । सिचाइँको स्थायी उपाय ९सधैंभरि कुलो नहर लाग्ने० नभएको र माटो पनि दोरस बालु माटो सराबरी भएको हुँदा महोत्तरीकोे उत्तरीक्षेत्रमा किसान अन्नबालीभन्दा फलपूल र तरकारी खेतीमा रम्ने गरेको देखिन्छ । तरकारी बालीमध्ये पनि अरुभन्दा घामपानी खप्नसक्ने र उत्पादन घरमै लामो समयसम्म भण्डारण गर्न सकिने भएको हुँदा ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो खेती भएको बर्दिवास–९ पशुपतिनगरका किसान ब्रह्मदेब महतोको भनाइ छ । “यसपाली काउली, भण्टा, खुर्सानी र अरु लहरे तरकारीका बेला ९लहरा० हावाहुरीले लतार्नसँगै वर्षाले पिटेर गलायो, ओलभने जेनतेन हुर्केकाले नगदको मुख हेर्न पाउने आश रह्यो”, उहाँ भन्नुहुन्छ, “पाखे बारीमा ड्याङ्गमा रोपिने, बोट घामपानी खेप्न ज्याद्रो हुने र माटोमा फल्ने भएको हुँदा ओललाई अरुबालीजस्तो पानीले गलाउन सकेन ।” तर परेको पानी चै ओलबारीमा जम्न दिन नहुने किसानको अनुभव छ ।

जिल्लामा अहिले १०० विगहाभन्दा बढी क्षेत्रफलमा ओल खेती भइरहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । खासमा गौशाला र भङ्गाहा नगरक्षेत्रका धेरैजसो किसानले मुख्य खेती नै ओललाई बनाएका छन् । ओलखेतीबाटै आपूmले वर्सेनी रु पाँच लाख आम्दानी लिने गरेको गौशाला नगरपालिका लक्ष्मीनिंयाँ बस्तीका किसान बताउँछन् । “यो हाम्रो नगदको जोहोमात्र हैन, घरगुजाराको सबै थोक हो” गौशाला लक्ष्मीनिंयाँ बस्तीका किसान अरुण कुशवाहा भन्नुहुन्छ, “चामल, पिठो, मरमसला सबैकुरा ओल बेचेर लिन्छौं ।” माटोमुनि फल्ने ओल स्वास्थ्यका दृष्टिकोणले अति नै लाभदायक र निकै स्वादिलो हुने गर्छ । ओल सामान्यतया सबैको रोजाइमा पर्ने तरकारी हो ।

प्रत्येक वर्ष चैत÷वैशाखमा रोपिने ओल भदौ÷असोजभरीमा खनेर निकालिन्छ । किसानले प्रत्येक नगरमा शीतभण्डार भवनको चाँजो मिलाई दिन आआफ्ना नगर नेतृत्वसँग आग्रह गरेका छन् । यसबाहेक सिचाइँ, माटो परीक्षण र उपचार, उन्नत जातको प्रामाणिक बीउ र समयसमयमा कृषि विज्ञ÷प्राविधिकको परामर्श सेवा पाउन सके यो खेती अझ फस्टाउने यहाँका किसानको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्