सरकारको प्रवक्ताको जिम्मेवारी नैनकलालाई

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त सञ्चारमन्त्री नैनकला थापाले पाएकी छन।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई जिम्मेवारी दिएको हो।

विगतमा पनि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने परम्परा थियो।

सरकारका औपचारिक निर्णयहरु सञ्चारमन्त्रीमार्फत सार्वजनिक गर्ने प्रचलन छ।

थापाले बिहीबार साँझ मात्र पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेकी हुन।


प्रतिक्रिया दिनुहोस्