म्यानमारको सेनाद्वारा सूचीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, १५ बर्ष जेल सजाय हुनसक्न्ने

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।

जसलाई सुचीको दल नेशनल लिग फर डेमोक्रेसीले सूचीलाई फसाउन लगाइएको भुट्टा आरोप भनेको छ ।

सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको छ।

यस आरोपमा सूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ। यस बाहेक उनीमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ।

फेब्रुअरी १ मा सैन्य प्रशासनले सत्ताको बागडोर जम्हालेपछि सूचीलाई पक्राउ गरिएको थियो। त्यसयता नजरबन्दमा भएकी सूची अदालतमा अत्यन्त कम देखिएकी छन।

उनको दलका दर्जनौँ नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ।

म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सूचीलाई सघाएको आरोपमा सयौँ नागरिकको हत्या गरिएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्