कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन : ‘को आयो को गयो भन्नेतर्फ होइन, काममा ध्यान दिनुस्’

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ८ : १२


काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो को मन्त्री गयो भनेर होइन काममा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।

बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरुको ध्यान जानुपर्ने बताइन्।

सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्वपूर्ण भुमिका रहेको भन्दै मन्त्री थापाले जनतालाई सुचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताइन्।

परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल सुखि नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफु सधैँ खुल्ला रहेको स्पष्ट पारिन। मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष थिइन्।

थापा निवर्तमान गृहमन्त्री रामबहादुर थापाकी धर्मपत्नी हुन।

नवनियुत्त सञ्चार तथा सूचनाप्रविधिमन्त्री नैनकला थापा बिहीबार मन्त्रालयमा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री,रासस


प्रतिक्रिया दिनुहोस्