बूढानीलकण्ठमा शुक्रबार पुनः खोप लगाइने

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ७ : ३५


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आज स्थगित खोप कार्यक्रम शुक्रबार पुनः शुरु गर्ने भएको छ।

सोमबार र मङ्गलबार गरी एक हजार ९०८ लाई कोभिड १९ विरुद्ध चाइनिज भेरो सेल खोप लगाइएको थियो।

जिल्ला स्वास्थ्य कार्यालयबाट सीमित खोप प्राप्त भएकाले बिहान ९ देखि अपराह्न ३ बजेसम्म ६० देखि ६४ उमेर समूहका नागरिकलाई लगाइने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।

खोप बुनपा–२ गणेशचोक र १० कपनबेखमा लगाइने छ।


प्रतिक्रिया दिनुहोस्