दिपक मनाङे वेपत्ता भएपछि गणेश लामा पक्राउ!

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


पोखरा । गण्डकी प्रदेशका सांसद दिपक मनाङे बेपत्ता बनेपछि पोखराबाट गणेशलामा पक्राउ परेका छन्।

सांसद मनाङ्गेलाई भेट्न पोखरा गएका गुण्डा नाइकेको छवि बनाएका कांग्रेसका नेता गणेश लामालाई प्रहरीले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो।

विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए। मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहे। जसका कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ढलेको छ भने विपक्षी गठबन्धनलाई नयाँ सरकार बनाउन बाटो खुलेको छ।


प्रतिक्रिया दिनुहोस्