पहिलो महिला सञ्चारमन्त्री बनेकी नैनकलाद्वारा पदभार ग्रहण

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएकी नैनकला थापाले पदभार ग्रहण गरेकी छन्।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहणपश्चात उनी सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन ।

पछिल्लो समय राजनीतिमा सक्रिय नरहेकी थापालाई प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बनाएका हुन।

उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन्।

पदबहाली गर्दै उनले साइवर सुरक्षा निती २०७८ कार्यदल बनाउने पहिलो निर्णय गरेकी छिन्।

 

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा बिहीबार मन्त्रालयमा मन्त्रालयका उच्चपदाधिकारी एवं कर्मचारी तथा विभिन्न संस्थाका प्रमुखले स्वागत गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

 


प्रतिक्रिया दिनुहोस्