बागमतीमा बहाव बढ्नसक्ने, असार १ बाट किनारमा नजान मेलम्ची खानेपानीको आग्रह

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले असार १ गतेबाट बागमति किनारमा नजान आग्रह गरेको छ।

सुरूङ परीक्षणका लागि सुरूङभित्र रहेको पानी खाली गर्न लागिएकाले बागमतीको बहाव बढ्ने भन्दै नदी किनारामा नजान समितिले भनेको हो।

समितिले बिहीबार विज्ञप्ति जारी गर्दै बागमती नदीसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरुमा पनि बहाव बढ्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्