नागरिकता अध्यादेश कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले महन्त ठाकुर-राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को माग सम्बोधन गर्नको लागि अध्यादेश मार्फत सो विधेयक ल्याएको थियो।

आफ्ना केहि माग सम्बोधन भएको भन्दै महतो-ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा समेत सहभागी भइसकेको छ।

बिहिबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल उक्त अध्यादेश कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

सरकारको सिफारिसमा यही जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश जारी गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

सो अध्यादेश विद्धरु वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, बालकृष्ण न्यौपाने, चन्द्रकान्त ज्ञवाली लगायतले रिट दायर गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस्