नवनियुक्त मन्त्रीहरुलाई बधाई दिँदै बाँस्कोटाको ट्विट

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले यो महिनामा आज दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन।

सामाजिक सञ्जाल मार्फत नेता बाँस्कोटाले मन्त्रीमा नियुक्त भएकाहरूलाई बधाई दिँदै चुनौतीयुक्त समयमा प्राप्त दायित्व पूरा गर्न शुभकामना दिएका छन्।

‘अघिल्लो साता र आज मन्त्री नियुक्त हुनुहुने माननीय मन्त्रीज्यूहरूलाई हार्दिक बधाई। अनेक प्रकारले चुनौतीयुक्त समयमा प्राप्त यो दायित्व सम्पूर्ण रूपमा सामना गर्न सफलता मिलोस् सीमाहीन शुभकामना,’ उनले भनेका छन्।


प्रतिक्रिया दिनुहोस्