नेपाल पक्ष पार्टी एकताको पक्षमा देखिएन : विष्णु पौडेल

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


नेपाल सरकारका उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समुहले पठाएको पत्र अत्यन्त गम्भिर प्रकृतिको रहेको बताए छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले उदार र खुला विचारका साथ गर्नुभएको आव्हानलाई यसरी अस्वीकार गरेको नेपाल–खनाल समुह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए।

न्यूज एजेन्सी नेपाल सँग कुरा गर्दै अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए।

पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनैपनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको बताए।

यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुनसक्ने तर पार्टी विभाजन हुन नसक्ने स्पष्ट पारे।

संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोसिस गर्ने बताए। पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने तर्क गरे।

आफुहरुले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रुपमा असफल बनाउने पनि अर्थमन्त्री पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस्