योगेश भट्टराई पक्षलाई पनि मन्त्रालय !

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


माधवकुमार नेपाल पक्षका तर खासमा योगेश भट्टराईका मानिने नेकपा (एमाले) सिन्धुलीका नेता गणेश पहाडी मन्त्री बन्दै छन् । माधव नेपाल र केपी शर्मा ओलीलाई मिलाउन भूमिका खेली रहेका योगेश आफै मन्त्री बन्न नमिल्ने भएकाले खासै चर्चामा न आएका गणेश पहाडीलाई मन्त्री बनाउन लागिएको हो ।

पहाडी नेपाल पक्षमा भए पनि शेरबहादुर देउवालाई समर्थन गरेको पत्रमा हस्ताक्षर भने गरेका थिएनन् योगेश भट्टराईले जस्तै । उनी सिन्धुलीबाट निर्वाचित संसद हुन ।

पहाडीलाई प्रधानमन्त्रीले नै फोन गरेर मन्त्री बन्न प्रस्ताव गरेका थिए उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्दै छन् ।


प्रतिक्रिया दिनुहोस्