टिभी कार्यक्रममा नेताहरुबीच हात हालाहाल भएपछि..(भिडियो)

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


एजेन्सी । नेपालमै पनि टेलिभिजन कार्यक्रममा नेताहरुबीच उत्तेजक बहस हुँदा कहिलेकाही हात हालाहालको स्थिती हुने गरेको छ।

हालै पाकिस्तानमा पनि यस्तै भयो। पाकिस्तानको एक टेलिभिजन बहसमा दुई राजनीतिज्ञबीच हात हालाहाल भएको घटना भाइरल बनेको छ।

सत्ताधारी पाकिस्तान तहरीक–ए–इंसाफ पार्टीका नेतृ फिरदौस आशिक अवानले पीपीपी पार्टीका नेता अब्दुल कादिर खान मन्दोखेललाई थप्पड हानेको बीबीसी हिन्दीले जनाएको छ।

जावेद चौधरीले संचालन गरेको कार्यक्रम ‘कल तक’मा दुवै नेताबीच भ्रष्टाचारको विषयमा भनाभन भएको थियो।

तलको भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्