महेश बस्नेतले रोजेको शक्तिशाली मन्त्रालय बादल पत्नी नैनकलालाई !

प्रकाशित मिति : असार २, २०७८ बुधबार


प्रधानमन्त्री केपी ओलीले आज गर्न लागेको मन्त्रीमण्डल बिस्तारमा राम बहादुर थापा बादल पत्नी नैनकला थापालाई पनि महत्त्वपूर्ण मन्त्रालय दिएर समेट्ने भएका छन् । थापा लाई सञ्चार मन्त्री बनाउन लागिएको हो।

श्रोतका अनुसार माओवादी छोडेर एमाले भएकी ज्वालाकुमारी साहलाई पनि मन्त्री बनाउने तय भएको छ । उनलाई कृषि मन्त्री बनाउन लागिएको एक नेताले बताए । नैनकलालाई दिएको सञ्चार मन्त्रालयमा महेश बस्नेत समेत दाबी गरेका थिए । एक कार्यक्रममा उनले गृह भन्दा सञ्चार आफ्नो रोजाइ भएको बताएका थिए ।

 


प्रतिक्रिया दिनुहोस्