नागरिकको सेवामा कटिबद्ध हुनेछु : निर्वमान मन्त्री आले

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सदैब कटिबद्ध रहने बताएका छन।

मन्त्रालयलले आज सिंहदरबारमा गरेको बिदाइ कार्यक्रममा उनले आफू मन्त्री नरहँदा पनि नागरिक र देशको सेवामा सधैँ लागिरहने बताएका हुन।

आफ्नो पाँच महिने कार्यकालमा मन्त्रालयमा रहेर विभिन्न विकासका काम भएको स्मरण गर्दै उनले नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने काम तत्काल गर्न समेत कर्मचारीलाई आग्रह गरे।

पछिल्लो समय विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारसँगै कर्मचारी पनि लाग्नु पर्नेमा उनले जोड दिए।

सो अवसरमा आलेले आफूलाई विश्वास गरेर जनताको सेवा गर्ने मौका दिएकामा नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा मन्त्रालयका सचिव डा प्रेमनारायण कडेँललगायतका कर्मचारीले निवर्तमान मन्त्री आलेसँग काम गर्दा निकै सौहार्दपूर्ण भएको बताए। रासस


प्रतिक्रिया दिनुहोस्