नवनियुक्त परराष्ट्रमन्त्री महासेठलाई भारतीय विदेशमन्त्रीले दिए बधाई

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका एमाले नेता रघुविर महासेठलाई भारतीय विदेशमन्त्रीले बधाई तथा शुभकामना दिएका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको बधाइ सन्देश लिएर भारतीय राजदूत विनयमोहन क्वात्रा बुधबार दिउँसो परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेका थिए।

मन्त्रालयका अनुसार भेटवार्तामा खोप आयात र कोभिड–१९ महामारीविरुद्ध मिलेर लड्ने विषयमा छलफल भएको जनाइएको छ ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस्