त्रिभुवन विमानस्थलको सरसफाईमा विशेष ध्यान दिन पर्यटनमन्त्रीको आग्रह

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : ४९


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीहरुलाई सुधार्दै जाने बताएका छन।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री अरगरियाले त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै केही कमि कमजोरीहरुलाई सुधार्दै अगाडी बढ्ने बताएका हुन।

उनले भने–‘पहिले त जताततै फोहोर यताउता थियो । डेकोरेशनको कुरा त बेग्लै हो। तर पहिलेको अपेक्षामा धेरै सुधार छ । केही कमजोरी हामी सल्ट्याएर अघि बढ्छौँ।’

उनले विश्व स्वास्थ्य संगठनको नियमभित्र रहेर बिस्तारै आन्तरिक उडान खोल्ने निर्णय गर्ने बताए।

विमानस्थलको सरफाइका लागि गाइडलाइन बनाएको भन्दै उनले कर्मचारीको उपस्थिति र कामको निगरानी गर्ने पनि बताए।

लगेजको सुरक्षालाई पनि कडाइका साथ हेरिने मन्त्री अरगरियाले बताए।


प्रतिक्रिया दिनुहोस्