काँग्रेसको महाधिवेशन भदौमै हुन्छ, यसमा म पूर्ण प्रतिवद्ध छु : देउवा

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदोमै काँग्रेसको महाधिवेशन हुने स्पष्ट पारेका छन्।

बुधबार विज्ञप्तिमा जारी गर्दै देउवाले आफू पार्टीको १४ औं महाधिवेशन भदौ भित्रै सम्पन्न गर्न पूर्ण प्रतिवद्ध भएर लागेको स्पस्ट पारेका छन्।

‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भदौ महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छ- २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।

कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्तिप्रति देउवाले आपत्ति समेत जनाएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस्