नयाँ बानेश्वर चोकमा राखियो आकाशे पुल

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । काठमाडौंको अति व्यस्त चोकमध्यको एक नयाँ बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखिएको छ।

संघीय संसद भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आएका छन्।

बुधबार अपरान्ह भुइँमा बनाइएको फलामको ट्रस्टलार्य आकाशेपुलको पिल्लरमा जोडिएको छ।

बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको यो पुलले दैनिक १५ हजार जना व्यक्तिलाई वारीपारी गर्न सहज बनाउने छ।

यस्तै भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ। आकाशे पुल निर्माण अनुगमन गरिरहेको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले यो पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भइ प्रयोगमा आउने बताए।

३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ।

यो पुलको निर्माण लागत ३ करोड १० लाख रहेको छ। मान्छे हिड्ने फुटपाथको चौडाइ ३ मिटरको छ भने यो पुल जमिनबाट ५ मिटर माथि रहेको छ।


प्रतिक्रिया दिनुहोस्