थपिए ४ हजार ३४४ कोरोना संक्रमित, ८१ जनाको मृत्यु

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको छ।

त्यस्तै आज ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन्।

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ।

यससँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ८ हजार १७९ जनाको मृत्यु भएको छ।

आज देशभर थपिएका मध्ये काठमाडौं उपत्यकामा १९ का ९१५ संक्रमित छन्।

काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जना नयाँ संक्रमित थपिएका हुन्।

देशभर हाल एक हजार ३१२ जना आईसीयू र ३७५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ।


प्रतिक्रिया दिनुहोस्