बौद्धमा मानिसको खुट्टा भेटिएको स्थान नजिकै मासुको टुक्रा

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । बौद्धमा मानिसको खुट्टा भेटिएको क्षेत्र नजिकै मासुको टुक्रा फेला परेको प्रहरीले जनाएको छ।

मंगलबार बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र खुट्टा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार खुट्टा फेला परेको स्थानभन्दा ५ सय मिटर पर मानिसको पोलिएको मासुको टुक्रा फेला परेको छ।

सो घटनाबार प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रहरीले उक्त शव कसको भनेर पत्ता लगाउनका लागि हराएका व्यक्तिहरुको पहिचान गर्न सुरु गरेको छ।

 

 


प्रतिक्रिया दिनुहोस्