संसद विघटन विरुद्धको मुद्धामा सर्वोच्चले दिएन अन्तरिम आदेश

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनका रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

विपक्षी गठबन्धनका तर्फबाट दायर रिटमाथिको प्रारम्भिक सुनुवाईमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका नाममा कारण देखाऊ आदे‍श जारी गरेको छ।

राष्ट्रपति  र प्रधानमन्त्री कार्यालयबाट जवाफ प्राप्त भएपछि सर्वोच्चमा असार ९ गतेबाट लगातार सुनुवाइ हुने छ।

आज रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले बहस गरेका थिए।

थापाले बहुमतसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेकाले अन्तरिम आदेश जारी गर्न माग गरेका थिए।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ का लागि चुनावको घोषणा गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्