‘एमालेका लागि ओली र माधव दुवै प्रवृत्ति गलत’ : योगेश भट्टराई

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


नेकपा एमालेका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल दुवैको कारण एमालेको एकता हुन नसकेको जनाउँदै दुवै पक्षको आलोचना गरेका छन् । उनले एमाले बचाउन साझा अभियान मार्फत पहल गर्नु पर्ने समेत बताएका छन् ।

“कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।” भन्दै उनले दुबै पक्ष को आलोचना गरेका हुन ।

एमालेको एकताको मूल जड ? भन्दै भट्टराईले गरेको टिप्पणी यस्तो छ ।
“कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।

कसले, किन र के का लागि गर्दै छ यो सब ? एमाले एकताको समस्याको मूल जड यहीँ छ । यस विषयमा कमरेडहरू बिचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।”


प्रतिक्रिया दिनुहोस्