महानगरबासीका लागि राहत प्याकेज ल्याउँछौं : मेयर शाक्य

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरबासीलाई केही राहत र सहुलियतको योजना पेश गर्ने भएको छ।

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरिपनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताएका छन्।

कोभिड – १९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रीत हुने बताए।

यसका साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयर लगायत सबै सहभागि हुने बताए।

नगर क्षेत्रका संक्रमित तथा निधन भएका परिवारलाई केहि सहायता उपलब्ध गराउने बताए।

काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट कोरोनाको कारण व्यापार व्यवसाय, पेशा, रोजगारीमा परेको असरलाई राहत दिनेगरी आउने बताए।

न्यूज एजेन्सी नेपाल सँगको कुराकानीमा मेयर शाक्यले नगर क्षेत्रमा व्यापार व्यवसायमा लाग्ने कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम ल्याउन लागेको बताए।

महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम आउने बताए।

यसका साथै काठमाडौं महानगरले गरिररहेका नियमित कामलाई पनि प्राथमिकताको आधारमा वर्गीकरण गरेर योजना कार्यक्रम बनाइने बताए।


प्रतिक्रिया दिनुहोस्