काठमाडौंको बौद्धमा मानिसको खुट्टा फेला

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौँ महानगरपालिका–६ बौद्धको नयाँबस्ती नजिक फोहोर फाल्ने गरेको जग्गामा मानिसको घुँडाभन्दा मुनिको भाग फेला परेको छ। उक्त घटनाको विषयमा विस्तृत विवरण खुलिसकेको छैन।

प्रहरी प्रधान कार्यालकया अनुसार स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी टोलीले बोरामा हालेको अवस्थामा मानिसको खुट्टा फेला पारेको हो।

उक्त घटनामा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ।

अनुसन्धानमा परिसर सँगै प्रहरी वृत्त बौद्ध र महानगरीय अपराध महाशाखाको टोलीसमेत संलग्न छ।

यसैबीच काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोट बस्ने ५२ वर्षीया वैष्णवी फुँयाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्