सेयर कर्नरिङ्ग भएकोबारे धितोपत्र बोर्डले थाल्यो अध्ययन

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को दोस्रो बजारमा सेयर कर्नरिङ्ग भएको गुनासो आएपछि अध्ययन थालेको जनाएको छ।

पछिल्लो समय बजार बढेका बेला केहि कम्पनीको मूल्य ह्वात्तै बढेको छ।

कमजोर वित्तिय अवस्थाका कम्पनीहरुको मूल्यलाई कर्नरिङ्ग गर्दै उच्च बनाइएपछि बोर्डले यस्ता गुनासाको अध्ययन हुने र संलग्नमाथि कारवाही हुने बताएको छ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ ले बर्जित गरेका कृयाकलापमा संलग्न नहुन पनि सबैलाई आग्रह गरेको छ।

बोर्डले सम्पुर्ण लगानीकर्ताहरुलाई देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरुको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण,परिसूचक तथा कम्पनीको बजार मूल्य सम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेत मुल्यांकन गरी लगानी गर्न अनुरोध गरेको छ।

बढेको बजारमा जोखिमको स्तरपनि बढ्दै जाने भएकोले चनाखो हुन पनि बोर्डले लगानीकर्ताहरुलाई सचेत गराएको छ।


प्रतिक्रिया दिनुहोस्