बाबुरामलाई कमल थापाको प्रश्न : देश विरुद्ध षडयन्त्र हुन लागेको सूचना के हो? स्पष्ट पार्नुपर्यो!

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ५ : ३५


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईले दुई दिन अघि एक टेलिभिजनसँगको कुराकानीमा देश विरुद्ध गम्भीर षडयन्त्र हुनलागेको सूचना आफूसँग रहेको बताए।

सो सूचनाबारे आफूले मध्यराति नै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेटेर जानकारी गराएको समेत नेता भट्टराईले बताएका छन्।

त्यो कस्तो सूचना हो भन्नेबारे समय आएपछि बताउने बाबुरामको भनाई छ।

पूर्वप्रधानमन्त्री डा.भट्टराईको उक्त अभिव्यक्तिपछि राप्रपा नेता कमल थापाले जनतालाई बुझ्ने गरि बताउन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्