बीबीसी, सिएनएन लगायत विश्वका प्रमुख संचारमाध्यमका वेवसाइट ‘डाउन’

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । विश्वका प्रमुख सञ्चार माध्यमका बेवसाइट एक्कासी डाउन भएका छन्।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार न्युयोर्क टाइम्स, फाइनान्सियल टाइम्स, ब्लुमबर्ग, सीएनएन, बीबीसी, ला मोेन्डे, द गार्जियन लगायतका प्रमुख संचारमाध्यमको वेबसाइट बन्द भएका छन्।

त्यस्तै अमेजन डटकमको सेवा पनि अवरुद्ध बनेको छ।

बेलायतती पत्रिका गार्डिजनले पनि आफ्नो वेबसाइट र एप प्रभावित बनेको बताएको छ।

अल्जाजिराले आफ्नो वेबसाइटमा पनि समस्या देखिएको जानकारी दिएको छ।

बेलायत सरकारको प्रमुख वेबसाइटको सेवा पनि अवरुद्ध भएको छ। इन्टरनेटमा देखिएको यो समस्याको कारण खुल्न सकेको छैन।

प्रमुख संचारमाध्यमका वेबसाइट ह्याकिङको सिकार भएको अनुमान गरिएको छ।

 

 

 


प्रतिक्रिया दिनुहोस्