निषेधाज्ञा खुकुलो बनाउने तयारी : सवारीमा जोर–बिजोर लगाउने बारे छलफल

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । कोरोना महामारी रोक्न सरकारले पछिल्लो समय जारी गरेको निषेधाज्ञा यहि जेठ ३१ गते सकिदैछ।

निषेधाज्ञाको अवधि सकिनै लाग्दै सरकारले असारबाट निषेधाज्ञा केहि खुकुलो बनाउने तयारी गरेको छ।

उपत्यकामा निषेधाज्ञाले जनजीवन थप प्रभावित हुने भन्दै मोडालिटी परिवर्तन गर्ने तयारी गरिएको हो।

सवारी साधन पनि जोर बिजोरमा सञ्चालन गर्नेबारे छलफल भइरहेको अधिकारीहरुले बताएका छन्।

एकैपटक खोल्दा स्थिति भयावह हुनेतर्फ सचेत हुँदै मोडालिटीमा परिवर्तन गर्न लागिएको काठमाडौंका सिडिओ कालीप्रसाल पराजुली जानकारी दिए।

काठमाडौंका ३ वटै जिल्लाका सिडिओले स्वास्थ्यमन्त्रालयसँगको पराशर्मपछि निर्णय लिनेछन्।


प्रतिक्रिया दिनुहोस्