सुदुरपश्चिममा ओली पक्ष हारेपछि भीम रावलको ट्विट

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । सुदुरपश्चिममा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले विश्वासको मत पाउन सफल भएको छ।

आज मुख्यमन्त्री भट्टलाई नेता माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए। नेपाल पक्षको समर्थनपछि मुख्यमन्त्रीको पद जोगिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको हारपछि एमाले नेता भीम रावलले ट्विट गर्दै विश्वासको मत लिन सफल भएकोमा त्रिलोचन भट्टलाई बधाई दिएका छन्।

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि१’


प्रतिक्रिया दिनुहोस्