पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  २ : ०७


मिक्लाजुङ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन्।

थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस्