लोकतन्त्रको रक्षार्थ हस्ताक्षर फिर्ता हुन्न

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


एमाले नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि जारी गरेको वक्तव्य जालझेलपूर्ण रहेको निचोड निकाल्दै सर्तरहित एकता हुनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटनविरुद्ध गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेपछि नेपाल समूहले पनि संसद् विघटन फिर्ता लिए स्वतः हस्ताक्षर फिर्ता हुने बताउँदै सर्तसहितको एकता मान्य नहुने धारणा व्यक्त गरेको हो।

‘प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधिसभाको पुनस्र्थापनाका लागि दायर रिट निवेदनमा हामीले गरेको हस्ताक्षर फिर्ता हुुनुपर्ने पूर्वसर्त राखिएको छ। उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसद्को रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो,’ नेपाल पक्षले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटनको

प्रधानमन्त्री ओली पार्टी एकतालाई अक्षुण्ण राख्न आइतबार राति वक्तव्य जारी गरेर २०७५ जेठ ३ गतेको अवस्थामा पार्टी संगठन पुनर्जीवित गर्ने जनाएपछि सोमबार नेपाल पक्षको स्थायी कमिटी तथा पदाधिकारी बैठकले सर्तरहित एकता हुनुपर्नेमा जोड दिएको हो।यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्