निषेधाज्ञामा दिउसो पसल खोलेको भाटभटेनी सुपरमार्केटलाई ४ लाख जरिवाना तिर्न आदेश

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । निषेधाज्ञाका बीच उपत्यकामा दिउसो पसल खोलेको भन्दै भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखालाई ४ लाख जरिवाना तिराउन आदेश दिइएको छ।

काठमाडौं जिल्लाका सिडिओ कालिप्रसाद पराजुलीले दिउसो पसल खोल्दै निषेधाज्ञाको उल्लंघन गरेको भन्दै भाटभटेनी सुपर मार्केट कोटेश्वर शााखलाई ४ लाख जरिवाना तिर्न आदेश दिएका हुन।

पराजुलीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश दिएर आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौलाई पत्राचार गरिएको बताए।

दिउसो पसल खोल्ने गरेको सूचनाका आधारमा आज दिउसो काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको टोली अनुगमनमा निस्केको थियो।

सोही क्रममा प्रहरीले उक्त शाखाका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ।


प्रतिक्रिया दिनुहोस्