ह्वाट्सएपमा २५ लाखको लट्री पर्यो भन्दै २ लाख ठग्ने युवक पक्राउ

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भनी पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने निरज कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ।

वाट्सएप, इमो मार्फत २५ लाखको लट्री परेको भनी विश्वास दिलाई लट्री प्राप्त गर्नका लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई प्रलोभनमा पारी पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई-सेवामा नगद जम्मा गर्न लगाई ठगी गर्नेमध्ये निरज कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध महाशाखमा दर्ता भएको जाहेरी दरखास्तरनिवेदन लागयतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्