सेवानिवृत कर्मचारीको पेन्सन अब सिधै बैंक खातामा आउने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


सेवानिवृत राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तभरण रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा आउने भएको छ।

महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि विद्युतीय कोष हस्तान्तरणबाट प्रणालीबाट यो कार्य शुरु गरेको हो।

महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनुसार निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवानिवृत कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन्।

उक्त प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागु गर्न ठूलो सहयोग पुग्नेछ।

उनका अनुसार निवृत्तभरण व्यवस्थानमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित वितृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्नेछ।

निवृत्तभरण पाउने व्यक्तिले समेत अब छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछन्। रासस


प्रतिक्रिया दिनुहोस्