४ हजार कोरोना संक्रमित थपिए, ९२ जनाको मृत्यु

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ सय जनामा कोरोना सङ्क्रमित थपिएका छन्।

कुल १७,९०३ नमुना परीक्षण गर्दा ४,४७२ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।

तीमध्ये ५,९०२ एन्टिजन परीक्षण गर्दा १,१०२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ।

यस्तै, सोही अवधिमा थप ६,९५१ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्