माओवादी केन्दले सबै प्रदेशका लागि पठायो स्वास्थ्य सामग्री

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


नेकपा (माओवादी) केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

कोभिड १९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन।

सो स्वास्थ्य सामग्रीहरु चीन , माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग÷संगठनबाट प्राप्त भएको जनाइएको छ।

सामग्रीहरु एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन, थर्मल गन। अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर, फेस सिल, केएन ९५ मास्क रहेका छन्।


प्रतिक्रिया दिनुहोस्