आफ्नाबारे दुष्प्रचार भएको भन्दै घनश्याम भुसाल भन्छन् ‘धेरै सपेरा सर्पबाटै टोकिएका छन्’

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमालेको एकता जोगाउन माधव नेपाल समूह समक्ष ६ बुँदे प्रस्ताव अघि सारेका छन्।

ओलीले सार्वजनिक गरेको पार्टी एकतासम्बन्धी ६ बुँदे प्रस्तावको नेपाल पक्षीय नेता योगेश भट्टराईले स्वागत गरे।

यस्तै, नेपाल पक्षमै रहेका घनश्याम भूसालले अध्ययन गरेर प्रतिक्रिया दिने बताएका छन्। नेपाल समूहका अन्य नेताहरुले भने ओलीको प्रस्तावको विराध गरेका छन्।

यस्तोबेला योगेशसँगै घनश्याम भुसाल पनि प्रधानमन्त्री ओलीको पक्षमा देखिएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ।

नेता भुसालले आफ्नाबारे अनर्गल प्रचार सुरु भएको बताएका छन्।

सामाजिक सञ्जाल मार्फत उनले आफूहरुले पार्टीको एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्