राउटे बस्तीमा अन्य समूदायको व्यक्ति जान रोक लगाइयो

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । सुर्खेतमा २ राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्तीमा अन्य व्यक्ति जान रोक लगाएको छ।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियो सो समूदायमा पुग्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएको हो।

राउटे बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी परिचालन गरिएको बताइएको छ।

राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको थाहा पाए सो समूदायले अस्वीकार गर्न सक्ने तथा युवतीहरुको ज्यान जोखिममा रहेको निष्कर्ष निकाल्दै प्रशासनले सर्तकर्ता अपनाएको छ।

१९ र २३ वर्षकी राउटे युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

तीनैजनाले गल्तीसमेत स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। उनीहरु विरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी छ।


प्रतिक्रिया दिनुहोस्