नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री नियुक्त भएपछि शेरबहादुर तामाङले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन।्

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मार्फत नवनियुक्त मन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए।

नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

मन्त्री तामाङले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन।


प्रतिक्रिया दिनुहोस्